सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम

0
Quantam abroad studies

कपिलवस्तु , चैत्र २९
सनशाईन संस्थाद्धारा बिद्यालय तथा समुदाय सबलीकरणको लागी एक दिने स्वयम सेवक तालिम आज सम्पन्न गरेको छ ।

द एसिया फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको यू एस ए आई डी , सिभिल सोसाईटी र मिडिया (सि.एस.एम) कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन नेपाल र सनशाईन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा संचालित एक परियोजना अन्तरगत बिद्यालय तथा समुदाय सबलीकरणको लागी स्थानिय स्वयम सेवकहरुलाई तालिम दिइएको हो ।

सिमान्तकृत समुदायका लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकाका १० जना स्वयम सेवकहरुलाई उक्त तालिम दिईएको कुरा संस्थाका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजनले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा ३ स्थित होटल थ्री एस प्रा.लि.मा संचालित उक्त तालिमाको प्रशिक्षण शिव लाल यादवले दिनु भएको हो ।

sahani furniture udyog

सिमान्तकृत समुदायको बिद्यालय शिक्षामा प्रर्बधन गर्न सामुदायिक सचेतना अभिबृद्धि गर्ने र बिद्यालय शिक्षा र बिद्यालय भर्नाका लागि समुदायका सदस्यहरु बीच सहकार्य बढाउने उद्धेश्यले १० जना स्वयम सेवकहरुलाई तालिम दिइएको हो । यही चैत्र २८ गते भएको तालिममा सनशाईन सामाजिक बिकास संस्थाका अध्याक्ष कृष्ण कुमार श्रेष्ठ ले तालिमको सफलताको शुभकामना सहित लच्क्षित बर्गको बिद्यालय शिक्षा सम्मको पहुच अभिबृद्धि गर्नमा स्वयम सेवकहरुको महत्वपुण भुमिका रहने कुरा बताउनु भएको हो ।

अब छिटै नै शुरु हुन गईरहेका बिद्यालय भर्न अभियान संग संगै परियोजनाका प्रमुख लच्छित बर्गहरु दलित , मुस्लिम , नेटुवा र अति सिमान्तकृत समुदायका बालबालिकाहरुलाई जसरी भएपनि बिद्यालय भर्ना गराउनमा जोड दिनुपर्ने समेत उहाँले बताउनु भएको थियो । साथै परियोजनाका संयोजक तुलसी राम यादव ले सहभागीहरुलाई परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.