कपिलवस्तु , बैशाख ९
सिमान्तकृत समुदायको शिक्षामा पहुँच अभिबृद्धिका लागि कचहरी नाटक तालिम । स्थानिय स्वयम सेवकहरुको लागि संचालन गरिएको ५ दिने कचहरी नाटक तालिम शनिवार समपन्न भएको छ ।
द एसिया फाउण्डेशन द्वारा कार्यन्वयनमा रहेको यू.एस.ए .आई डी , सिभिल सोसाईटी र मिडिया (सि.एस.एम) कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन नेपाल र सनशाईन सामाजिक बिकास संस्थाको संयुक्त साझेदारीमा संचालित एक परियोजना अन्तरगत उक्त तालिम समपन्न भएकोहो । यशोधरा र शुदोधन गाउँपालिकामा सनशाईन संस्था द्धारा संचालित सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सहकार्य परियोजना अन्तरगत उक्त तालिम संचालन गरिएको हो ।
कचहरी नाटक मार्फत सिमान्तकृत समुदायका बालबालिकाहरुको बिद्यालय शिक्षामा सहजरुप पहुँच अभिबृद्धिका लागि तालिम संचालन गरिएकोको हो । तालिम पश्चात स्थानिय नाटककारहरु मार्फत शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका भित्र बिभिन्न स्थानमा कचहरी नाटक प्रदर्शन गर्ने कुरा संस्थाका सचिव दिलिपकुमार यादवले बताउनु भएको छ । बैषाख ४ गते देखी ८ गते सम्म संचालन भएको ५ दिने कचाहरी नाटक तालिमको समापन शनिवार भएको हो । थी्र एस होटल प्रा.लि. राजापानी कपिलवस्तुमा संचालित उक्त तालिमको समापन सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले गर्नु भएको थियो । उहाँले तालिम समापन कार्यक्रममा स्थानिय कलाकारहरुलाई सफलताको शुभ कामना को साथै परियोजनाले लिएको लक्ष्यहरु प्राप्ती गर्नमा नाटकाकरहरुको महत्वपुणर् योगदान रहेको बताउनु भएको थियो । १० जना स्थानिय नाटकाकर स्वयम सेवकहरुले तालिम लिएका हुन । तालिम फोरम थेटरका डाइरेक्टर सरिता कुमारी शाह दिनु भएको हो ।
तालिममा सक्रिय सहभागिताको प्रमाण पत्र संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले सहभागीहरुलाई प्रदान गर्नु भएको हो । साथै तालिममा सिकेका कुराहरुलाई कचहरी नाटकको माध्ययमबाट समुदायमा चित्रण गर्ने कुरा तालिमका सहभागी सन्तोष जैसवालले बताउनु भयो । साथै उहाँले आफुहरुमा कचहरी नाटक खेल्न सकिने सिपको बिकास भएको कुरा बताउनु छ । उहाँले यस सीप बिकासले कचहरी नाटकको माध्ययमले समुदायमा सकारात्मक परिवर्तन आउन सकिने कुरामा बिश्वस्थ हुनु भएको छ ।
संस्थाका कार्यकारी निर्देशक शम्भमु प्रसाद हरिजनले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई अनुरोध गर्नु भएको थियो ।