मिश्रको सकुशल उद्धार मुख्य आरोपित सहित ६ अपहरणकारी पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख १३
अपहरणमा परेका ब्यक्तिको बुटवलबाट सकुशल उद्धार गरिएको छ । अपहरणको आठ घन्टापछि ति ब्यक्तिको उद्धार गरिएको हो । बुधबार दिउँसो कपिलवस्तु नगरपालिका वडा नं. – ४ मलपरवाका बिनित मिश्रको अपहरण भएको थियो । प्रहरीले अपहरणको ८ घन्टा पछि उनको सकुशल उद्धार गरेको हो । उनलाइ बुटवलको एक होटेलमा बन्धक बनाइ राखेको अवस्थामा उद्धार गरिएको हो ।

पीडितको उद्धार गर्ने क्रममा ६ जना अपहरण आरोपमा पक्राउ परेका छन् । ४ जना मुख्य आरोपित सहित ६ जना पक्राउ परेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उपरीक्षक पौडेलले हालसम्म लेनदेनको कारण यो घटना घटेको देखिए पनि थप अनुसंधान जारी रहेको बताउनुभयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.