
अजय सहानी
कपिलवस्तु , साउन २०
जिल्लाको यशोधरा गाउँपालिका कृषिप्रधान गाउँपालिकाको रुपमा रहेको छ । यहाँका अधिकान्स बासिन्दा कृषि पेशामा निर्भर रहेका छन् । नेपालमा तिनै तहको सरकारले कृषि क्षेत्रमा चाहिए जति लगानी गर्न सकिरहेका छैन ।
कृषि क्षेत्रमा लगानीको अभाव बिच ४०% हाराहारीमा कृषि बजेट फ्रिज हुनु झनै दुर्भाग्यपूर्ण र किसान प्रति अन्याय भएको भन्दा फरक नपर्ला । यशोधरा गाउँपालिकाको कृषि शाखामा आर्थिक बर्ष ०८०/०८१ मा स-सर्त अनुदानमा १४४९००० , प्रदेशबाट ५०००० र पालिकाको ५९५०००० रुपैया बजेट रहेको थियो । कुल बजेट चौहत्तर लाख उनपचास हजार मात्र रहेपनि कृषि क्षेत्रमा केहि काम गर्न सकिन्थ्यो । तर यशोधराको कृषि शाखाको लापरबाही वा काममा ध्यान नदिदा भनौं ४०% हाराहारीमा कृषि बजेट फ्रिज भएको छ । बर्षभरि काम नगर्ने असार मसान्त नजिक आउदा काम गर्ने परिपाटी पनि उक्त बजेट फ्रिज हुनुमा एक कारण रहेको छ । कृषक सुचिकृत एवम् तथ्यांक संकलन कार्यक्रम , माटो परिक्षण , बिधुतिय मोटर बितरण जस्ता महत्त्वपूर्ण कार्यक्रम समेत नहुनु र बजेट फ्रिज हुनुमा कृषि शाखाको ठुलो लापरबाही देखिन्छ ।

यस्तै बजेट फ्रिज विषयमा कृषि शाखा प्रमुख निरन्जन कुमार तिवारीले संघ र प्रदेशको बजेट फ्रिज भन्न मिल्ने तर पालिकाको बजेट फ्रिज भन्न नमिल्ने बताएका छन् । प्रमुख तिवारीले पालिकाको प्रयोग हुन नसकेको बजेट संचित कोषमा रहने र यस आर्थिक बर्षमा काम हुने बताएका छन् ।
यसैगरि बजेट फ्रिज बिषयमा यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी संग प्रतिक्रिया लिदा अध्यक्ष तिवारीले कृषि शाखाले केहि बदमासी गरेको बताएका छन् । यस्तै अध्यक्ष तिवारीले पालिकाको अधिकान्स योजना र फाटका बजेट फ्रिज हुनुमा पुर्ब प्रशासकीय अधिकृत रामचन्द्र ढकालको भुमिका रहेको दाबी गरेका छन् । अध्यक्ष तिवारी अनुसार पुर्ब प्रा.अ. ढकालले योजनाहरुको सम्झौता लगायत कामकाज समयमा नगरिदिदा बजेटहरु फ्रिज भएको बताएका छन् ।