यशोधरामा स्टिमेट र नक्सा विपरीत भवन निर्माण तर पनि भुक्त्तानी दिइयो अध्यक्ष मौन

0
Quantam abroad studies

अजय सहानी  , कपिलवस्तु,

कपिलवस्तुकाे यशोधरा गाउँपालिकामा स्मार्ट विद्यालयकाे भवन निर्माणमा चरम लापरवाही भएको पाइएको छ । गाउँपालिका- ४ को अमलोनहामा अवस्थित जनसेवा आधारभुत विद्यालयमा चरम लापरवाही देखिएकाे छ । 

गाउँपालिकाले विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरि नयाँ भवन निर्माण गर्न आर्थिक वर्ष २०८०/०८१ मा २५ लाख बजेट विनियोजन गरेको थियो । विद्यालय व्यवस्थापन समितिले नै विद्यालयकाे निर्माण समिति गठन गरि भवन निर्माण सुरु गरेको छ ।

गाउँपालिकाका इन्जिनियर सन्तोष चौधरीले विद्यालय भवन निर्माणकाे प्राविधिक जिम्मेवारि पाएका थिए । इन्जिनियर चौधरी नै प्रविधिको बिरोधमा देखिएपछि भवन निर्माणका लापरवाही भएको स्राेतकाे दावी छ । 

निर्माण भइरहेको विद्यालय भवनको जगमा स्टिमेट अनुसार ढुङ्गाको सोलिङ्ग गर्नु पर्ने ठाउँमा ढुङ्गाकाे साेलिङ्ग नभएको पाइएको छ । यस्तै भवनको बिमहरुमा इट्टा प्रयोग गरिएको छ । ढलानसमेत राम्रोसँग नभएको स्थानीयले बताउँछन् । त्यस भवनमा प्रयोग भएको सिमेन्ट , बालुवा , गिट्टीको कन्क्रिटको क्युब टेस्ट समेत भएको छैन । भवनको बिम र छतमा कक्रिट राम्रोसँग सेट नहुँदा अधिकांश छड (फलामको डण्डी) समेत देखिएको छ ।    

sahani furniture udyog

त्यति मात्र नभएर इन्जिनियरले बनाएको नक्सा विपरीत वाइरिङ्ग इलेक्ट्रिकल  प्लानको कामै नगरि छत समेत ढलान गरिएको छ । त्यस भवनको पिलर , बिम र छतको काम सम्पन्न भई भुक्तानी समेत भएको छ । त्यस भवनमा दर्जनौँ प्राविधिक त्रुटी हुँदाहुँदै कामलाई इन्जिनियर सन्तोष चौधरीले प्राविधिक नक्सा र मापदन्डको धज्जी उडाउँदै पास गरेका छन् । इन्जिनयर चौधरीले निर्माणलाई अबैधानिक ढङ्गले पास गर्दै २३ लाख जति रकम भुक्तानी दिन सिफारिस गरेका छन् । रकम भुक्तानीको सिफारिस पाउन साथ यशोधरा गाउँपालिकाका  लेखाले समेत उक्त रकम भुक्त्तानीमा सहयाेग गरेका छन् ।      

यसरी उक्त भवन निर्माणमा मिलेमतोमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । भवन प्राविधिक हिसाबले नबनेको हुँदा असुरक्षित हुन सक्ने भन्दै स्थानीय स्तरमा व्यापक चर्चा भएको छ । बिरोध र गुनासो बिच यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी विद्यालय भवनको अनुगमन गरि गल्तीकाे जानकारी भए पनि इन्जिनियर र निर्माण समितिसँग गल्तीको स्पष्टीकरण लिई कारवाही गर्ने ठाउँमा दोषीको बचाउमा लागेका छ्न् । गल्ती ढाकछोप गर्न अध्यक्ष तिवारीले समर्थन  जनाएको स्थानीयकाे आराेप छ । 

गाउँपालिका उपाध्यक्ष मञ्जु माैर्यले अनुगमन हचुवाको तालमा अनुगमन गरि स्थानीयकाे गुनासो छ । उनले मापदण्ड विपरीत अनुगमन बजेट पास गराइएको आराेप छ । उनले गुणस्तरहीन निर्मित भवनको भुक्तानीको लागि प्रतिवेदन समेत पेश‌ गरेको देखिएपछि आलोचना भइरहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.