
अजय सहानी , कपिलवस्तु जिल्लाको तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा अल्ट्रासाउन्ड सेवा ठप्प भएको छ । अल्ट्रासाउन्ड सेवा ठप्प हुदा सेवाग्राहिले सास्ति भोग्दै निजि क्लिनिकमा अल्ट्रासाउन्ड सेवा लिन बाध्य भएका छ्न । निजि क्लिनिकमा सेवा लिदा स्वास्थ्य बिमा सेवाबाट समेत सेवाग्राहि बन्चित भएका छ्न । चर्को गर्मि र बर्खामा गर्भावति महिलालाइ निजि क्लिनिक धाउन निकै समस्या भएको एक सेवाग्राहिले बताए ।
कपिलवस्तु अस्पतालमा कुल चारवटा (usg) अल्ट्रासाउन्ड मेसिन रहेको छ । जसमध्ये एउटा प्रोटेबल मेसिन हो जुन प्रसुति र आइ सि यु कक्षमा मात्र प्रयोग हुने गरेको छ । कपिलवस्तु अस्पतालका सुचना अधिकारि रत्नाकर शुक्लले प्रोटेबल बाहेक बाकि तिन वटा अल्ट्रासाउन्ड मेसिन बिग्रेको अवस्थामा रहेको बताएका छ्न । उक्त मेसिन ओपिडिमा आएका बिरामिलाइ चेकजाच गर्न प्रयोग हुनेगरेको थियो । शुक्ल अनुसार दुइवटा मेसिन लामो समय देखि बिग्रेको छ भने एउटा मेसिन हालै प्रोब खराब हुदा प्रयोग बिहिन बनेको छ ।
यस्तै उक्त बिग्रेका मेसिन बनाउन किन ढिलाइ गरिएको प्रश्न गर्दा सुचना अधिकारी शुक्ल ले सो मेसिन बनाउने इन्जिनियर नेपालमा उपल्बध नभएको र भारतबाट इन्जिनियर बोलाउन लामो प्रकिया रहेको हुदा मेसिन बनाउन ढिलाइ भएको दाबि गरे । उनले मेसिन बिग्रेको समान किन्न करिब सात लाख लाग्ने र बनाउन एक देखि दुइ लाख सम्म लाग्न सक्ने बताएका छ्न । शुक्लले चाडै अल्ट्रासाउन्डको एउटा मेसिन मर्मत गरि सेवा प्रबाह गर्ने प्रयास भैरहेको बताए ।

यसैगरि अस्पतालको सुचना अधिकारि शुक्ल सगं अल्ट्रासाउन्ड मेसिन नबिग्रेको र चिकित्सकहरु बिच नै केहि असम्झधारि र मनमुटावका कारण अल्ट्रासाउन्ड सेवा प्रभावित हुदा मेसिन बिग्रेको हल्ला फिजाइएको कुरा आएको बारे सोध्दा शुक्ल ले यि सबै आरोप निरर्थक र तथ्यहिन भएको दाबि गरे । उनले मेसिन साच्चै बिग्रेको बताउदै हाल अस्पताल आर्थिक र जनशक्ति अभाव लगायत सकंट बाट गुज्रिरहेको हुदा सेवा प्रभावमा केहि कमि कम्जोरि अवस्य भएको बताएका छ्न ।

यस बिसयमा कपिलवस्तु अस्पतालका अध्यक्ष शिवलाल यादव सगं बुझ्न खोज्दा उनि अस्पतालमा उपस्थित थिएन्न भने फोन सम्पर्क हुन सकेन ।
