कालों रातमा सेतो चिनियाँ लसुनको तस्करी

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 

भारतसँग सीमा जोडिएका कपिलवस्तुको कृष्णानगर रातमा चिनियाँ लसुन तस्करी मौलाएको छ । भारतमा चिनि लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो । भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण लसुनको भाउ आकाशिएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगबाट संगठित कारोबार गरिरहेका छन्। कृष्णानगरको सिमा क्षेत्रका घरहरुमा गोदाम बनाएर ट्रकको‌ ट्रक लसुन स्टाक गरि राति ११ बजे पछि बाजार क्षेत्र सुनसान हुदा तस्करहरु साइकल, मोटरसाइकलको प्रयोग गरि नेपालबाट भारत अवैध तरिकाले चिनियाँ लहसुन पुराउदै गरेको स्त्रोतले बताएको छ। 

sahani furniture udyog

स्त्रोतनुसार कृष्णनगरको पश्चिम लक्ष्मीनगर, सिर्सिहवा, झण्डानगर ,पूर्व सेमरा, बगही, भिल्मी लगायत नाकाहरुमा तस्करहरु सक्रिय छन। रात्रिको समयमा सिमानाका नजिक रहेका गोदामबांट मोटरसाइकल र साइकलमा लोड गरि भारत पठाउदै छन। सिमा नाकामा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि खटेका सुरक्षाकर्मी लगायत सम्बन्धित निकायहरु तस्करी नियन्त्रण गर्ना प्रति कुनै चासो नदेखाउदा आफैमा प्रष्ट हुन्छ सुरक्षा तथा राजस्व  चुहावट नियन्त्रण निकायकै मिलोमातोमा तस्करी भइरहेको हो। लसुन तस्करी कृष्णानगर क्षेत्रमा मात्र नभइ कपिलवस्तु जिल्लाका भारतसंग  जोडिएका प्रत्येक सिमा नाकाहरुमा व्यापक रुपमा तस्करि हुदै आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.