
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षसहित अन्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुकाे अध्यक्ष पदकाे लागी ३ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।अध्यक्ष पदकाे लागी डिलाराम भुसाल, रमेश मिश्र र पार्वती पाण्डे ले उम्मेद्वारी दिएका छन् । त्यस्तै उपाध्यक्ष पदमा खग प्रसाद चपाई(शर्मा) र दिपक कुँवर काे उम्मेद्वारी दर्ता भएकाे छ । त्यस्तै सचिव काे लागी भुपाल थापा , गुरूदेव पाैडेल र सनिउल्लाह धाेवीकाे उम्मेद्वारी परेकाे छ । महिला उपाध्यक्षमा भने दिपा महत सर्वसम्मत निर्वाचित भएकि छन ।

अध्यक्ष पदका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। निर्वाचनलाई लिएर पत्रकार महासंघका सदस्यहरूबीच व्यापक चासो छ।मंसिर २८ गते हुने निर्वाचनले कपिलवस्तु पत्रकार महासंघमा नयाँ नेतृत्व चयन गर्नेछ, जसले जिल्लाको पत्रकारिता क्षेत्रको भविष्यलाई नयाँ दिशा दिन सक्ने विश्वास गरिएको छ।

