कृष्णनगर भन्सारमा अनियमितता: राति नियमविपरीत बस प्रवेश, सुरक्षा निकायप्रति प्रश्नचिह्न

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु

नेपाल–भारत सिमामा रहेको कृष्णनगर भन्सार कार्यालयमा अनियमितता बढ्दै गएको स्थानीयहरूले आरोप लगाएका छन्। भन्सार कर्मचारीहरूको मिलेमतोमा नियमविपरीत राति १० बजेपछि बस प्रवेश गराएर अवैध रूपमा पैसा असुली भइरहेको खुलासा भएको छ।

नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्ने स्वयंभू मञ्जू श्री यातायात प्रा. लि. का बसहरू भन्सार नियम मिचेर राति १०:३० देखि १०:४५ बजे नेपाल प्रवेश गरिरहेको पाइएको छ। तर, भन्सार कार्यालयका कर्मचारीहरूले कुनै चेकजाँच नगरी सवारी साधनलाई प्रवेश दिइरहेको स्थानीय व्यापारीहरूको आरोप छ।

सिमानामा दिनहुँ लागुऔषध, भारतीय मुद्रा, मोटर पार्ट्सलगायत अवैध सामान ओसारपसार भइरहेका घटनाहरू सार्वजनिक भइरहे पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरू मौन बसेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।

sahani furniture udyog

भन्सार अधिकारीहरूसँग बुझ्दा राति कार्यालय बन्द भएपछि कुनै सवारी साधन आवतजावत गर्न नपाइने दाबी गरिएको छ। तर, स्वयंभू मञ्जू श्री यातायातलाई प्रवेश अनुमति दिइएको छ वा छैन भन्ने स्पष्ट नभएको बताइएको छ।

यदि ठूला व्यापारी वा प्रभावशाली व्यक्तिहरूको मिलेमतोमा रातिमा बस तथा चारपांग्रे सवारी प्रवेश दिइएको हो भने, यसले भन्सार तथा सुरक्षाकर्मीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

व्यापारीहरूका अनुसार, भन्सार र सुरक्षाकर्मीहरूको सेटिङकै कारण लाखौं रुपैयाँ बराबरको अवैध सामान तथा विदेशी नागरिकहरू रातिको समयमा नेपाल भित्र्याइँदै आएको छ। सिमामा खटिएका सुरक्षाकर्मीहरू नै लापरवाह हुँदा अवैध कारोबार अझ बढ्ने खतरा देखिएको छ।

अब सम्बन्धित निकायहरूले छानबिन गरी दोषीलाई कारबाही गर्ने कि नीतिगत रूपमा यस्ता गतिविधिहरूलाई निरन्तर चल्न दिने भन्ने प्रश्न स्थानीय व्यापारीहरूका बीचमा उठेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.