कपिलवस्तु ताैलिहवाका १ युवकलाई भारतमा २० वर्ष जेल सजाय

0
Quantam abroad studies

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुर अदालतले कपिलवस्तुको तौलिहवा निवासी नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष कैद सजाय सुनाएको छ। बलात्कार मुद्दामा दोषी ठहर गर्दै विशेष सत्र न्यायाधीश दीप नारायण तिवारीको इजलासले उनलाई उक्त सजाय निर्धारण गरेको हो।

अदालतको फैसला अनुसार, सुनिललाई ११ हजार रुपैयाँ जरिबाना समेत तिर्नुपर्नेछ। जरिबानाको रकम नतिरे थप एक वर्ष कैद सजाय हुने निर्णय गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, घटना २०२३ अक्टोबर २५ मा भएको थियो। सुनिलले एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पीडित किशोरीका पिताले उजुरी दर्ता गरेका थिए।

मुद्दाको प्रक्रियामा पीडित पक्षबाट सात जना साक्षी उपस्थित गराइएको थियो। प्रमाण र साक्ष्यका आधारमा अदालतले सुनिललाई दोषी ठहर गर्दै कठोर सजाय तोकेको हो।

sahani furniture udyog

उक्त घटनाले सीमावर्ती क्षेत्रका नेपालीहरूमा त्रास फैलाएको छ भने कानुनी सजायको कडाइले अपराध न्यूनीकरणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.