कपिलवस्तुकाे शुद्धाेधनमा भएकाे आगलागीमा ७ बिघामा रहेकाे करिब २०० क्विन्टल गहुँबाली नष्ट

0
Quantam abroad studies

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३, ठुलो सिसहानियामा सोमबार दिउँसो भएको भीषण आगलागीमा स्थानीय १५ जना किसानका ७ बिघा खेतमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ।

गहुँ कटनीका लागि प्रयोग भइरहेको कम्बाइन मेसिनबाट अचानक आगलागी हुँदा १ सय ९८ क्विन्टल गहुँ क्षति भएको ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ। प्रहरी निरीक्षक कमल क्षेत्रीका अनुसार गोविन्द हरिजनको खेतमा मेसिनले गहुँ काट्ने क्रममा अचानक आगो सल्किएको थियो।

स्थानीय महिबुदीन मुसलमान, नैतुल्ला मुसलमान, हकिकुल्ला मुसलमान, मैगुल्ला मुसलमान, ईनामुल्ला मुसलमान, कलाम मुसलमान, कनैया चमार, गम्मा पासी, भुसई पासी, घरभरन पासी, बिनोद पासी, गोबिन्द हरीजन र रामलगन पासीका गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ।

sahani furniture udyog

आगलागी नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो भने प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो निभाइएको थियो। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि कम्बाइन मेसिनका मालिक, चालक र एक जना कृषकलाई नियन्त्रणमा लिइएको छ। प्रहरी घटनाको विस्तृत छानबिन भइरहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.