मामाघर गएका तीन बालकको खोलामा डुबेर मृत्यु

0
Quantam abroad studies

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा खोलामा डुब्दा तीन बालकको मृत्यु भएको छ। सोमबार दिउँसो नुहाउने क्रममा उनीहरू गहिरो पानीमा फसेपछि ज्यान गएको हो।

मृत्यु हुनेहरूमा स्थानीय १२ वर्षीय सुसन आचार्य, उनका १५ वर्षीय भान्जा प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन्। काभ्रेका स्थायी बासिन्दा प्रविन र प्रविस बिदाका लागि दुई दिनअघि मात्रै मामाघर आएका थिए।

sahani furniture udyog

स्थानीय वडाध्यक्ष प्रताप भोम्जनका अनुसार प्रविन र प्रविस जुम्ल्याहा दाजुभाइ हुन्। गत असोजमा आएको बाढीले बनाएको खाल्टोमा नुहाउने क्रममा उनीहरू डुबेका थिए। परिवारले अबेरसम्म घर नफर्केपछि खोजतलास गर्दा खोलाको किनारमा कपडा र चप्पल भेटिएको थियो। त्यसपछि स्थानीय र सुरक्षाकर्मीले खोजी गर्दा तीनै जनाको शव फेला परेको थियो।

इलाका प्रहरी कार्यालय सिस्नेरीले घटनाको अनुसन्धान गरिरहेको छ। मृतक बालकहरूको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भइरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.