गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रलाई सहयोग सामग्री प्रदान

0
Quantam abroad studies

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन्। उपचारपछि निको भएकी बाणगंगा–१ की यमकला थापा मगरले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा एक लाख ६० हजार रुपैयाँ बराबरको वाटर फिल्टर सहयोग गरेकी हुन्। यसले बिरामीहरूलाई शुद्ध पानी पिउन सहज हुने केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।

त्यसैगरी, बुद्धभूमि–४ का मौरीपालक रामप्रसाद खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गरेका छन्।

नगरप्रमुख केशवकुमार श्रेष्ठले यस्ता सहयोगले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने र उपचार केन्द्र सञ्चालनमा सहजता आउने बताए। विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाका अनुसार, उपचारका क्रममा पसलबाट पानी किन्नुपरेको अनुभवपछि यमकलाले वाटर फिल्टर सहयोग गर्ने निर्णय लिएकी हुन्।

sahani furniture udyog

सहयोगदाताहरूलाई सम्मानपत्र प्रदान गरिएको वडा अध्यक्ष सुरज प्रताप राणाले जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.