कपिलवस्तुमा किशोरीहरुलाई साइकल वितरण, किशोरी सशक्तीकरणको लक्ष्य

0
Quantam abroad studies

कपिलवस्तु, असार ८
शिक्षामा पहुँच विस्तार र किशोरी सशक्तीकरणको लक्ष्यसहित कपिलवस्तुको शिवराज नगरपालिका–११ मा किशोरीहरूलाई साइकल वितरण गरिएको छ। शुक्रबार एक विशेष कार्यक्रमबीच वडा कार्यालयको पहलमा ४४ जना अति विपन्न परिवारका किशोरीहरूलाई साइकल हस्तान्तरण गरिएको हो।

कार्यक्रमको उद्घाटन वडाध्यक्ष रमेश्वर प्रसाद बर्माले गर्नुभयो। उहाँले सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्नु राज्य र समाजको दायित्व भएको उल्लेख गर्दै भने, “टाढो बाटोका कारण विद्यालय जान असजिलो हुने किशोरीहरूका लागि साइकल सहयोगले विद्यालय उपस्थितिमा सुधार ल्याउनेछ र उनीहरूको पढाइमा झनै उत्साह जाग्नेछ।”

साइकल वितरण कार्यक्रममा वडासचिव, स्थानीय अभिभावक, समाजसेवी तथा विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले वडाको यो प्रयास किशोरीहरूको शिक्षामा ठुलो योगदान हुने विश्वास व्यक्त गरे।

sahani furniture udyog

साइकल प्राप्त गरेकी एक किशोरीले खुशी हुँदै भनिन्, “पहिले बिहानै उठेर लामो बाटो हिँड्नुपर्थ्यो, अब त सजिलै र समयमा विद्यालय पुग्न सकिन्छ।”

स्थानीय स्तरमा बालिका सशक्तीकरण र शिक्षाको प्रवर्द्धनमा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। शिवराज नगरपालिका–११ को यो पहलले आगामी दिनमा पनि शिक्षा नीतिमा समावेशी र पहुँचयुक्त दृष्टिकोणलाई बल पुर्‍याउने देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.