२३ सुकुम्बासीलाई लालपुर्जा वितरण, तीन पुस्ताको सपना पुरा

0
Quantam abroad studies

भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलोपटक दाङको लमहीमा २३ जना भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरेको छ। लमही नगरपालिका वडा नम्बर ३ स्थित कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि १ कठ्ठासम्मको बसोवासयोग्य जग्गा प्रमाणित गरिएको हो।

केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, नगरप्रमुख जोगराज चौधरी लगायतले संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका थिए।

sahani furniture udyog

आयोगको जिल्ला समितिले २०८२ साल जेठ ११ गतेको बैठकमा निर्णय गरेअनुसार बुधबार आयोजित कार्यक्रममा ती सुकुम्बासी परिवारलाई जग्गा प्रदान गरिएको हो। तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपत्र पाउँदा अत्यन्त हर्षित भएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.