प्रधानमन्त्री ओलीले एमालेलाई बुझाए ३ लाख रुपैयाँ लेवी

0
Quantam abroad studies

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीप्रतिको जिम्मेवारी र आस्था प्रकट गर्दै तीन लाख रुपैयाँभन्दा बढी रकम पार्टीलाई लेवीका रूपमा बुझाएका छन्। पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा बुधबार आफैं उपस्थित भएर उनले सो रकम बुझाएका हुन्।

एमालेले आफ्नो आन्तरिक व्यवस्थापन र अनुशासन सुदृढ पार्नका लागि सबै सदस्य, विशेषगरी लाभको पदमा रहेका व्यक्तिहरूलाई वार्षिक रूपमा सदस्यता शुल्क र लेवी तिर्ने प्रावधान बनाएको छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले आफ्नो हैसियतअनुसारको रकम पार्टी कोषमा जम्मा गरेका हुन्।

sahani furniture udyog

एमालेको आन्तरिक नियमअनुसार, लाभको पद (सरकारी सेवा वा लाभ लिन मिल्ने पद) मा रहेका नेताले मासिक २५ हजार रुपैयाँ पार्टीलाई लेवी तिर्नुपर्छ। यसैगरी, सबै सदस्यले न्यूनतम मासिक ३०० रुपैयाँ सदस्यता शुल्क तिर्ने व्यवस्था छ। यी दुबै रकम वार्षिक रूपमा तिर्न सकिन्छ।

प्रधानमन्त्री ओलीले यो नियमको पालना गर्दै एक वर्षको लेवी ३ लाख रुपैयाँ (२५,००० x १२ महिना)सदस्यता शुल्क ३ हजार ६ सय रुपैयाँ (३ सय x १२ महिना) तिर्दै जम्मा ३ लाख ३ हजार ६ सय रुपैयाँ पार्टीलाई बुझाएका हुन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.