
कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ झिंगाहामा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार स्थानीय ५५ वर्षीय बेचन तेलिको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार, उनले घरमा पानी तान्न प्रयोग हुने मोटर चलाउने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उद्धार गरेर शिवराज अस्पताल, बाहादुरगञ्ज पुर्याइए पनि चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
