देशभर मनसुनी वायु कमजोर

0
Quantam abroad studies

काठमाडौँ, साउन ८ – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकोले वर्षाको गतिविधि सामान्यभन्दा कम देखिएको हो।

बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका अन्य भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

sahani furniture udyog

आज राति पनि कोशी, मधेश र बागमती प्रदेशसँगै पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदलीको अवस्था रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थान तथा अन्य प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। साथै, कोशी प्रदेशका पहाड तथा तराई क्षेत्र र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.