शैक्षिक संस्थामा अनिश्चितकालीन हड्तालकाे घोषणा

0
Quantam abroad studies

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले थालेको आन्दोलन सोमबार राजधानीसहित विभिन्न शहरमा हिंसात्मक मोड लिएको छ । प्रहरीको बल प्रयोगका क्रममा दर्जनभन्दा बढी युवाको ज्यान गएपछि आन्दोलनकारीहरूले शैक्षिक संस्थामा अनिश्चितकालीन हड्ताल घोषणा गरेका छन् ।

‘हामी नेपाली’ समूहको संयोजनमा भएको प्रदर्शनमा विद्यार्थीहरूलाई स्कुल युनिफर्ममै लक्षित गरी मारिएको आरोप लगाइएको छ । समूहले विज्ञप्तिमा भनेको छ, “शान्तिपूर्ण तरिकाले आफ्नो आवाज राख्न आएका विद्यार्थीमाथि सरकारले हतियार प्रयोग गर्‍यो । आज देशले कल्पना नगरिएको दिन देख्नुपर्‍यो।”

sahani furniture udyog

जेन जी पुस्ताले घोषणा गर्दै भोलिदेखि कुनै पनि विद्यार्थी कक्षा, स्कुल, कलेज वा विश्वविद्यालयमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनीहरूको भनाइमा यो केवल हड्ताल नभई बर्बरता विरुद्धको अडान, न्यायको माग र भविष्यको रक्षा गर्ने अभियान हो ।

आन्दोलनकारीहरूले आत्मसमर्पण अस्वीकार्य रहेको भन्दै सरकारले युवाहरूको आवाज बेवास्ता गर्न नसक्ने चेतावनी दिएका छन् । “यी हत्या प्रकरणमा स्पष्ट जवाफ आउँदासम्म शैक्षिक बन्द जारी रहनेछ,” जेन जी समूहले प्रष्ट पारेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.