पाकिस्तान र साउदीबीच एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिने सम्झाैता

0
Quantam abroad studies

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बुधबार एक सम्झौतामा हस्ताक्षर गरेका छन्। जसलाई ‘रणनीतिक पारस्परिक रक्षा सम्झौता’ भनिएको छ।

उक्त सम्झौताअन्तर्गत यीमध्ये एउटा देशमा आक्रमण भए दुवै देशमाथिको आक्रमण मानिनेछ।

यो सम्झौता प्रधानमन्त्री शहबाज सरिफ साउदी अरेबिया भ्रमणमा रहेका बेला भएको हो। 

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले रियादको अल-यामामा दरबारमा सरिफलाई स्वागत गरे।

sahani furniture udyog

भेटका क्रममा दुई नेताले आफ्नो सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल गरे।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दुई देशबीच लगभग ८० वर्ष पुरानो सम्बन्ध छ, जुन भ्रातृत्व, इस्लामिक एकता र रणनीतिक सहयोगमा आधारित छ।’

विदेशमन्त्रीका अनुसार, यो सम्झौताले रक्षा सहयोग बढाउने र क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.