
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–११ अरौराकोटबाट शनिबार दिउँसो प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले सोही वडाको अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका–११ बरहवा बस्ने १९ वर्षीय सागर पासीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धोबीको साथबाट ५३० मिलिग्राम र पासीको साथबाट १ ग्राम ५७० मिलिग्राम गरी जम्मा २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी ऐनअन्तर्गत कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
