तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारण सभा सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु, पौष ९ –  तिलौराकोट सामुदायिक वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारण सभा तौलिहवा स्थित होटेल तिलौराकोट इन्टरनेसनलमा सम्पन्न भएको छ।

सभाको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले बिरुवामा पानी हालेर गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा मन्त्री कलवारले सामुदायिक तथा साझेदारी वन संरक्षणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

कार्यक्रम तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष पाण्डेले साझेदारी वन व्यवस्थापन सरकार र स्थानीय उपभोक्ताबीचको सहकार्यमा सञ्चालन हुने प्रभावकारी मोडेल भएको बताउँदै यसको दिगो संरक्षण, पारदर्शी व्यवस्थापन र समान लाभ वितरणका लागि सबै सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

sahani furniture udyog

सभामा वन मन्त्रालयका महाशाखा प्रमुख महेन्द्र वाग्ले विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले साझेदारी वन कार्यक्रमले वन संरक्षण, उपयोग र व्यवस्थापनलाई नीति र व्यवहारबीच समन्वय गर्दै अघि बढाउन मद्दत पुगेको उल्लेख गर्दै दीर्घकालीन वन व्यवस्थापनका लागि स्थानीय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा वरिष्ठ वन अधिकृत ईश्वरी प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाईं लगायत विभिन्न साझेदारी वनका प्रमुख तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा समूहको १४औँ वार्षिक साधारण सभा २०८२ को अवसरमा बन सम्बर्धन, संरक्षण तथा बातावरणमैत्री बिकासमा संचार माध्यम मार्फत अहम् भूमिका निर्वाह गरेकोले बन समूहद्वारा  नेपाल पत्रकार महासंघ कपिलवस्तु उपाध्यक्ष एवम् सक्रिय सचांरकर्मि खग प्रसाद चापागाई नगद राशी सहित सम्मानित  हुनु भएको छ ।

यस्तै, समाजसेवी राजु अर्यालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र सामुदायिक वनको महत्वबारे प्रकाश पार्नुभएको थियो।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। कार्यक्रम सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको सशक्तिकरणमा केन्द्रित रहँदै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.