कपिलवस्तुकाे सर्पदंश उपचार केन्द्रकाे दानपेटिकाबाट रकम चोरी गर्ने व्यक्ति पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा रहेको सर्पदंश उपचार केन्द्रको दानपेटिकाबाट रकम चोरी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उपचार केन्द्रमा राखिएको दानपेटिकाबाट ३५ हजार ९ रुपैयाँ चोरी भएको थियो । घटनापछि अनुसन्धान थालेको प्रहरीले सिसी क्यामेरा फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, टाढी घर भएका विनोद नेपालीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार नेपालीले मौका छोपी दानपेटिका नै उठाएर लगेको देखिएको सिसी फुटेजबाट पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका नेपालीमाथि चोरीसम्बन्धी मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

sahani furniture udyog

सार्वजनिक सेवा तथा मानवीय उपचार केन्द्रमा राखिएको दानपेटिकामा चोरी भएको घटनाले स्थानीयस्तरमा चिन्ता र आक्रोशसमेत उत्पन्न भएको छ । प्रहरीले यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.