कांग्रेस महाधिवेशन: सह-महामन्त्रीमा अभिषेकप्रताप शाहको दाबी

0
Quantam abroad studies

काठमाडौँ, असोज १८

sahani furniture udyog

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले पार्टीको आगामी १५औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
 
कपिलवस्तु क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित शाहले मधेशी आरक्षणतर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
 
उम्मेदवारी घोषणा गर्दै नेता शाहले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सह–महामन्त्री (मधेशी आरक्षण) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु। पार्टी, मधेश र समग्र देशको हित तथा विकासका मुद्दालाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.