प्रेस सेन्टर नेपाल कपिलवस्तुको पाँचौ अधिबेशन सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक ६
प्रेस सेन्टर नेपाल कपिलवस्तुकाे पाँचौ अधिबेशन सम्पन्न भएको छ । आज कपिलवस्तु नगरपालिकाको हलमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा अर्जुन बेल्वासेकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा भुपाल थापा, महिला उपाध्यक्षमा कल्याणी खनेल, सचिबमा माधब बेल्वासे, सहसचिबमा रमेश गैरे, समाबेशि सह सचिबमा शैलेन्द्र श्रीमाल, काेषाध्यक्षमा पिताम्बर घिमिरे लगायतकाे २१ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज मानसिंह बि.क. , बिशिस्ट अतिथिमा ने.क.पा. माओवादी केन्द्र कपिलवस्तुको जिल्ला संयोजक रामचन्द्र शाह ( बिष्णु) रहेका थिए । कार्यक्रमको खुला सत्रमा बोल्दै प्रदेश इन्चार्ज बि.क. ले शंकर पोखरेलको सरकारले ल्याउन लागेको प्रेस बिधेकमा अहिलेको सरकारले पत्रकार र मिडिया हाउसको लागी तोकिएको दण्ड सजाय र जरिवानामा परिमार्जन गर्ने प्रयास भैरहेको बताएका छन् । उनले अहिलेको सरकारले श्रमजीवी पत्रकारको लागी सक्दो सेवा सुबिधा दिने प्रयास गरिरहेको समेत बताए । यसैक्रममा ने.क.पा. माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाह ( बिष्णु ) ले स्वर्गीय पत्रकार सि.पि. शर्मा र स्वर्गीय पत्रकार बिन्दु चौहानको स्मरण गर्दै उहाँहरुले पत्रकारिताकाे माध्यमबाट सधै पीछडिएकाे बर्गकाे आवाज बनेर आम समुदाय, पत्रकारीता क्षेत्र र प्रेस सेन्टर नेपाल प्रतिको योगदान गरेकाे बताए । शाहले मन्तव्यकै क्रममा पार्टीले पार्टी र भातृ संघ संगठनका सम्पुर्ण पदाधिकारी एवं कार्यकर्ताको निगरानी गरिरहेको बताएका छन् । सबैको मुल्यांकन पार्टीले गरिरहेको र मुल्यांकन कै आधारमा पछि पार्टीले उनीहरुप्रतिको आफ्नो दायित्व निर्बाह गर्ने समेत शाहले थपेका थिए ।

sahani furniture udyog

यसैगरी उक्त कार्यक्रमको अतिथिमा बिभागिय इन्चार्ज शरोज खनाल , दलित पत्रकार संघका लुम्बिनी प्रदेश इन्चार्ज चिन्ता परियार , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनिष कार्की , वाइ सि एलका केन्द्रिय सदस्य शिव बन्जाडे , अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष हरिसचन्द खनाल , बिजय पौडेल ( आभास ) कमल बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.