लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष द्वारा आयशा ग्रल्स कालेजको अवलोकन

0
Quantam abroad studies

‌‌‌‌‌‌‌शहबाज खान/कपिलवस्तु
कपिलवस्तुमा रहेको अल्पसंख्यक मुस्लिम समुदाय को ठुलो मदरसा आयशा सिद्दीका ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको स्थलगत अवलोकन लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्री, सदस्य शिवपुजन यादवले गरेका छन।

लुम्बिनी प्रदेश‌ योजना आयोगको‌ टोली आयशा ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरमा पुगी भौतिक संरचना, व्यवस्थापन,शिक्षा तथा विद्यार्थीहरुको संख्या तथा आय स्त्रोत बारेमा उक्त कालेजका पदाधिकारीहरु संग भेटगरि जानकारी लिएका छन। अवलोकनकै क्रममा उक्त कालेजका प्रवक्ता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य मौलाना‌ मशहुद खां नेपाली राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी नेकपा माओवादी केन्द्रका कृष्णानगर नगरसमिती अध्यक्ष मौलाना मशहुद खां नेपालीले योजना आयोगका उपाध्यक्ष क्षेत्री तथा सदस्य यादव लाई दोसल्ला ओढ़ाई सम्मानित गरेका थिए।

sahani furniture udyog

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्य ले कपिलवस्तुको विजयनगर गाउंपालिक वडा नं.४ देवपुराको उत्तर पुर्वम रहेको एक सय विगहा जग्गामा कागज र आर्गेनिक मल कारखानाको अवलोकन तथा कृष्णानगर नगरपालिका वड़ा ८ बहादुरगंजमा रहेको‌ श्रीराम गोरखा उच्च माध्यमिक विद्यालय समेतको स्थलगत अवलोकन गरेका छन।

नेपालमा मुस्लिम समुदाय बसोंबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदाय ले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र अहिलेको अवस्थाम नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिने क्षमता भएका मदरसाहरु मध्ये एउटा कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं ३ मा रहेका आयशा गर्ल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर पनि रहेको छ। आयशा गर्ल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका विद्यार्थीहरु लाई धार्मिक सांस्कृतिक शिक्षाको साथ साथै आधुनिक शिक्षा पनि दिई रहेका कुरा कालेजका व्योस्थापन समितीले बताएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.