लुम्बिनी प्रदेशले मदरसामा वजेट उपलब्ध गराएकाेमा संघद्वारा प्रसंशा

0
Quantam abroad studies
sahani furniture udyog


शहबाज खान/कपिलवस्तु लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रममा लुम्बिनी प्रदेश भित्र रहेका अल्पसंख्यक मुस्लिम समुदायका समुदायिक विद्यालय (मदरसाहरु) छनोट गर्दा मापदण्ड पुर्याएर निष्पक्ष र समावेशी रुपमा छनोट गरी कक्षाकोठा निर्माणको लागि उपलब्ध गराएको वजेटको प्रशंसा गर्दै राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुको संयुक्त हस्ताक्षरमा एक प्रेस विज्ञप्ति जारी गरेको र उक्त प्रेस विज्ञप्तिमा नेपालमा बसोवास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय हरेक दृष्टिकोणले पछाडि परेको, त्यस माथि पनि शैक्षिक अवस्था अत्यन्त नाजुक अवस्थामा रहेकाे तथा नेपालमा रहेका अधिकांश मदरसाहरु चन्दा दान र सहयोग बाट संचालित छन भनिएकाे । यस बिषयमा नेपाल सरकारको ध्यान गएको देखिदैन भन्दै यसै अवस्थालाई मध्यनजर गरी लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/०७९ को वार्षिक कार्यक्रममा सामुदायिक विद्यालयहरु लाई कक्षाकोठा निर्माणको लागि अनुदान रकमको व्यबस्था गरेअनुसार विद्यालय छनोट भई नामावली समेत प्रकाशित भै सकेको छ। विद्यालय छनोट गर्दा मापदण्ड पुर्याएर निष्पक्ष र समावेशी रुपमा छनोट भएको देखिन्छ। जसले गर्दा मदरसा संचालकहरुलाई केही राहत र हौशला प्रदान भएको र यस्ता कार्यक्रमहरु हरेक बर्ष आउने अपेक्षा गर्दछौ संयुक्त बिज्ञप्तिमा भनिएकाे छ ।त्यसमा शैक्षिक क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याउने लुम्बिनी प्रदेश सरकार माननीय मुख्यमंत्री ज्यु, माननीय शिक्षा,विज्ञान,युवा,तथा खेलकुद मंत्री ज्यु प्रति विशेष आभार प्रकट गरिएकाे छ ।
यसैगरी, केन्द्र सरकारले पनि समावेशी रुपमा शिक्षा क्षेत्रमा वजेट विनियोजन गरोस् भन्ने कामना सहित यो प्रेस विज्ञप्तिमा अब्दुल गनी अलकुफी-अध्यक्ष राष्ट्रीय मदरसा संघ नेपाल, मौलाना मशहुद खां नेपाली – महासचिव राष्ट्रीय मदरसा संघ नेपाल, शैख जैस मक्की- उपाध्यक्ष राष्ट्रीय मदरसा संघ नेपाल, मौलाना जहीर अहमद बरेलवी- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल मोहम्मद मुस्लिम- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, जाहिद आजाद झण्डानगरी- प्र.सल्लाहकार राष्ट्रीय मदरसा संघ नेपाल, अब्दुल सलाम- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, तारिक रियाज-सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, नियाज़ अहमद देवबन्दी- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, मोहम्मद अजीज- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, मौलाना‌ हस्मत अली कादरी- मदरसा फैजे मुस्तफा अतिकीया इन्तेखाब अहमद खां- अध्यक्ष नेकपा (एस) कृष्णनगर नगर समिति, मो. कैफ खान- सल्लाहकार नेकपा (एस) कृष्णनगर नगरसमित, सद्दाम हुसेन- सदस्य नेकपा(एस) कृष्णानगर नगरसमित, मौलाना अब्दुल नुर- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, मेघनाथ ढकाल- वरिष्ठ सलाहकार राष्ट्रीय मदरसा संघ नेपाल, अब्दुफल रउफ- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, शाहिद अजीज- सदस्य राष्ट्रीय मदरसा संघ नेपाल, शहबाज खान- प्रेस सलाहकार राष्ट्रीय मदरसा संघ
नेपालको हस्ताक्षर हस्ताक्षर रहेकाे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.