

कमलेश चन्द्र गुप्ता – कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह हजांरौ कार्यकर्ता सहित
भाेली नेपाली कांग्रेसमा प्रवेश गर्ने जानकारी दिनुभएकाे छ । नगर प्रमुख शाहले आफ्नो फेशबुक वालमा लेख्दै सो जानकारी दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ की मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगरसभापति, क्षेत्रिय सभापति,भातृसंगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशील सदस्य ज्युहरुमा मेरो जय नेपाल अभिवादन टक्र्याउदै भोली मिती २०७८/१०/२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तक सहित देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।
नगर प्रमुख शाह २०७४ सालको स्थानीय तहको चुनावमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका थिए।

