कृष्णानगर नगरपालिका महिनौ देखि एकाउंटेंट बिहीन कामकाज ठप्प

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको‌ कृष्णनगर‌ नगरपालिका कर्मचारी विहीन तथा अव्यवस्थित रहेकोले सेवाग्राही लाई निकै समस्या परिरहेको छ।

कृष्णनगर नगरपालिकामा कर्मचारीको अभावको कारणले आम जनताको काम काजमा बाधा परीरहेको छ। महिनौ देखि लेखापाल (एकाउंटेंट) नरहेकोले नगरपालिका भित्रको सबै आर्थिक कारोबार ठप्प रहेको उक्त नगरपालिकाका कर्मचारी बताउदैछन। कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखापाल (एकाउंटेंट)को पदपुर्ति कहिले पनि हुन सकेको छैन। प्रशासकीय अधिकृत तथा लेखापाल आउदै तीन चार महिना काम गरि भाग्ने काम लगातार भइरहेको छ। जब कि नगरपालिका भित्र प्रशासकीय अधिकृत तथा लेखापाल नहुदा अधिकांश कारोबार ठप्प हुदैछ यी दुई कर्मचारीको आवत जावतले गर्दा सर्वसाधारण जनता तथा नगरपालिका का अन्य कार्यक्रमहरु समेत प्रभावित हुदै गरेको र पाँच वर्षको कार्यकालमा लगभग ६-७ जना लेखापाल आएर गइसकेका छन जो पनि आउछ तीन चार महिना काममा यो नगरपालिका बाट भाग्छन यहाँ बस्न लागि कोई तैयार‌ नहुने गरेको एक जना नगरपालिका कै कर्मचारीले बताए ।

यहाँ कर्मचारीहरु स्वतन्त्र भइ नितीनियमले सेवा प्रवाह गर्न जनताको हकहित तथा निष्पक्ष काम गर्न नपाएकोले प्रशासकीय अधिकृत तथा लेखापाल (एकाउंटेंट) हरु काम गर्न बस्न चाहदैनन् ।

sahani furniture udyog

नगरपालिकाका मुख्य मुख्य कर्मचारी नहुदा अधिकांश ‌कामकाज ठप्प भएर नगरपालिका अव्यवस्थित ‌‌‌बनेको छ । महिनौ देखि लेखापाल नहुदा नगरपालिका भित्रका उपभोक्ता समितीहरुले समयमा आफ्नो कार्यक्रम सम्पन्न गरि सकेका छन तर उपभोक्ता समितीले पाउनु पर्ने भुक्तानी अझै सम्म नपाएर दिनहु नगरपालिकाको कार्यलय धाउदैछन।
कृष्णानगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखापाल किन रुक्दैन्न ? नगरपालिका भित्रका अधिकांश क्रमचारीहरु नगरपालिका भित्र भइरहेको कामकाजको शैली प्रति रुष्ठ छन किन ?

जनप्रतिनिधि तथा पंचायत काल देखि रहेका पुराना‌ कर्मचारीहरुले अनियमितता र मनमानी गराउन खोज्दा तो मुख्य कारण त होइन ?

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.