कृष्णनगरका नगर प्रमुख शाह सहित हजारौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश।

0
Quantam abroad studies
sahani furniture udyog

कमलेश चन्द्र गुप्ता – कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाह आज कांग्रेसमा प्रबेश गरेका हुन। आज शनिबार एक कार्यक्रमका बीच शाह सँगै नगरपालिका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी सहित विभिन्न पार्टि परित्याग गरि हजार भन्दा बढ़ी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शाहलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले संयुक्त रुपमा स्वागत गरेका हुन् ।
नगरप्रमुख शाहले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको जाकिर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.