

कपिलवस्तु माघ २२ गते ।
स्थानीय तहको निर्वाचनमा टिकट नपाए पछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउदा सिनियर नेताको अपमान भएको छ । तत्कालिन मधेसी जनअधिकार फोरमबाट टिकट नपाए पछि उनी बागी लडेर नगर प्रमुखमा विजयी भएका थिए । नेकपा सरकारमा भएको बेला पार्टी प्रवेशका लागि केन्द्रीय नेताको चाकडी गरेका शाहको खराव प्रवतीका कारण प्रवेश रोकिएको थियो । खराव छवीको रहस्य खुले पछि उनी जसपा प्रवेशको लागि उपेन्द्र यादवलाई समेत भेटेको विशेष स्रोतले बताएको छ ।

दश दिन अगाडी सम्म जसपामा जान खोजेका थिए । आज काँग्रेस पो भएछन् । पार्टी प्रवेशको विषयमा नेपाली काँग्रेस संघिय क्षेत्रिय समिति, प्रदेश क्षेत्रिय समितिलाई समेत जानकारी नभएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले बताए ।
जिल्ला समितीले शाहको घर मै गएर पार्टी प्रवेश गरे पछि ३ नं.क्षेत्रीय सभापति, ३(ख) प्रदेश सभापति तथा कृष्णनगर नगरसभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा ‘ नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका वड़ा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबर प्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नं.३ को गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी क्षेत्रीय कार्य समिती, प्रदेश कार्य समिति ३(ख) र कृष्णनगर नगरकार्य समितीलाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्ति जनक मात्र नभइ घोर निन्दणीय पनि रहेको छ । सिंगो पार्टी कै प्रतिष्ठा माथि आंच आउने गरि गरिएको यस कार्य समितीको नेपाली कांग्रेस क्षेत्रीय,प्रदेश ३(ख) र कृष्णनगर नगर समितीले घोर भर्सना गर्दछ,’ भनी उल्लेख भएको कृष्णनगर नगरसभापति देवानंद शुक्लाले बताएका छन ।

