जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु , शुद्धोधन
जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर १ पतारियामा नेकपा (माओवादी केन्द्र ) ले २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएको छ ।

सो अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी मुक्तिकामी नेपाली जनसुमदायमा लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुष्मा यादवले शुभकामना व्यक्त गर्नु भएको थियो ।

जनयुद्ध दिवसको अवसरमा आयोजित सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका कपिलवस्तु इन्चार्ज कमल चुडालिले देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी भएर आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाहीदका सपना पुरा गर्न सबै कम्युनिस्ट एक भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

sahani furniture udyog

लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री मा. सुष्मा यादव , जिल्ला ईन्चार्ज कमल चुदली गा.पा . ईन्चार्ज संतोष परियार लगायत पार्टीका अन्य पदाधिकारी र कार्यकर्ताको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य र राज्यमन्त्री सुष्मा यादवको स्वकीय सचिव समेत रहेका कोमनाथ यादवले जानकारी दिनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.