
उर्मिला यादव यात्री , परासी , फागुन २७
नेकपा एमालेको सचिव एव पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले केन्द्र सरकारले प्रदेश सरकारको स्थानिय निकाय बाट समज्ञा गरेर देशलाई छिटो भन्दा छिटो समृद्धिको दिशातर्फ अगाडि बढाउने लक्ष्य भएको बताउनु भएको छ ।
आज पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको पाँचौ स्थापना दिवस समारोहलाई सम्बोधन गदै प्रमुख अतिथी नेता रायमाझीले देशमा अहिले राजनितीक क्रान्ति सम्पन्न भएको बताउदै अबको यात्रा बिकास र समृद्धिको यात्रा सुरु भएको बताउनु भयो । उहाले सुखी नेपाली र समृद्ध नेपालको यात्रा प्रारम्भ भए पनि राजनितिक अस्थिरताका कारण अहिले जनतामा निरासा छाएको बताउनु भयो । अहिलेको प्रमादेशको गठबन्धनको सरकारले देशमा सुखी नेपाली र समृद्ध नेपालको नारालाई अस्थिरता तर्फ धकेलेको रायमाझीको भनाइ थियो ।
उहाले गठबन्धनको सरकारले स्थानिय तहको चुनाव समयमा गराउन नखोजेको आरोप लगाउनु भयो । उहाले राजनितिक खिचातानीका कारण अहिले टुटफुट र बिभाजनका गतिबिधीहरु बढदै गएकोले जनतामा अन्योल र भ्रम पर्न गएको समेत बताउनु भएको छ । राजनितिक दलहरुले इतिहासमा संघर्ष गरेको स्मरण गर्दै अहिले राजनितिक पार्टीहरुले ब्यवस्थामा परिवर्तन ल्याएको भए पनि देश उल्टो दिशातर्फ गैरहेको छ कि जनतामा अझै पनि अन्योल रहेको उहाले बताउनु भयो । अहिले बिकास र समृद्धिको एजेन्डा भएकोले यो कुन पार्टीले गर्न सक्ने राजनितिक दलहरुको लडाई रहेको समेत बताउनु भयो । अबको कार्यदिशा , लक्ष्य र एजेन्डा फरक भएको बताउदै यो कुन राजनितिक दल , नेता, ब्यक्ति कसले गर्न सक्ने जनताले बुभmन जरुरी रहेको समेत बताउनु भयो । उहाले सरकारमा धेरै राजनितिक दल गए पनि जनता र देशको लागी केही गर्न नसकेको र सुखी नेपाली समृद्ध नेपालको एजेन्डाको लक्ष्य समेत शुन्य रहेको बताउनु भयो ।

सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्र्रममा उद्योग बाणिज्य संघ नवपरासीका अध्यक्ष केशव भण्डारी , सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीको पुर्व अध्यक्ष बिमला अर्याल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल , प्रदेश सभा सदस्य भगवती भण्डारी , दिपेन्द्र अधिकारी , सुनवल नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटा लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सुनवल नगरपालिका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृट उपभोक्ता समिती , उत्कृट संस्था , उत्कृट समुह , जेष्ठ नागरीक , उत्कृट बिद्यालय , बन, कृषक , दुग्धडेरी , फर्म, निमार्ण ब्यवसायि ,उद्यमी र उत्कृट मिडिया लाइ सम्मान गरीएको थियो ।


