चौतर्फी विकास लागि माओवादी केन्द्र एक मात्र पार्टी:- मशहुद खां

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज तथा पुर्व मंत्री चक्रपाणी खनाल (बलदेव) ले जनताको विकास चाहने पार्टी नेकपा माओवादी केन्द्र पार्टी मात्र भएको बताउनु भएको छ । पुर्व मंत्री बलदेवले देशको चौतर्फी विकासका लागि माओवादीसँग मात्र विकास गर्ने नीति, सिद्धान्त र विचार अब्बल रहेको दाबी गर्नुभयो । देशको आमूल परिवर्तनका लागि अब पुनः जनताहरुले माओवादीलाई जिताउन आवश्यक रहेको उहाँको भनाई छ ।

माओवादी केन्द्रले युद्ध गर्ने समयमा बोकेको नाराहरुलाई कार्यान्वयन गर्दै अगाड़ी बढिरहेको बताउँदै माओवादी केन्द्रले जितेको स्थानीय तह देशको नमुना पालिकामा परेको जिकिर गर्नुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा माओवादी केन्द्रलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । कपिलवस्तुको कृष्णनगर ४ सिर्सिहवामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा खनालले यस्तो बताउनुभएको हो ।

sahani furniture udyog

यसैबीच नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खाँ नेपालीले कृष्णनगर नगरपालिका दलाल पँुजीवादहरुको हातमा रहेकोले शिक्षा, स्वास्थ्य, युवा रोजगार तथा कृषि क्षेत्रमा पछाडी परेको बताउनुभयो । कृष्णनगरको चौतर्फी विकास लागि माओवादी केन्द्र एक मात्र पार्टी रहेकोले बताउँदै आउने चुनावमा पुर्ण बहुमतका साथ माओवादी केन्द्रलाई जिताई नेपालको नमुना नगरपालिकामा समावेश गराउन तिर लाग्नुपर्नेमा उहाँले जोड़ दिनुभयो ।

नेपालमा गणतन्त्र स्थापना तथा जनताको अधिकारी प्राप्तिको लागि माओवादी केन्द्रले लडेको युद्धमा शहिद भएका ७ परिवारलाई दोसल्ला ओढ़ाई सम्मानितसमेत गरिएको जनाइएको छ ।

कार्यक्रमको अध्यक्षता गीता देवी सुनार, लुम्बिनी प्रदेश सदस्य रुद्र बन्जाडे, सचिव कांशीराम यादव, जिल्ला समन्वय समिति सदस्य केशर ओली, नगर अध्यक्ष जावेद आलम खाँ, सचिव गणेश बन्जाडे, अजय गोयल लगायतको उपस्थितिमा भव्यरुपमा सम्पन्न भएको कार्यक्रम विनय कुमार शर्माले सञ्चालन गर्नुभएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.