

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले ७६ करोडको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको हो ।
बिहीबार कृष्णनगर नगरपालिकाको आठौँ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएको छ ।

आ.ब. ०७९/०८० संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, माैजदात रकम कुल बजेट ७६ करोड ३२ लाख ४५ हजार बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले बताउनुभयो ।
यस वर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा आवश्यक पूर्वाधार , केहि बाहुबर्षीय योजनाहरूमा बजेट बाँडफाँट गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो । उनले अबको योजना कार्यक्रममा विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा नगरपालिका भित्रका तीन जना उत्कृष्ट शिक्षक र पत्रकार तर्फबाट अंकुश कुमार श्रीवास्तव नगद रकम सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
