वन रेन्जर गणेश पुरीको मिलोमतोमा काठ तस्करी

0
Quantam abroad studies

कपिलवस्तु , साउन ३०
वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा काठको तस्करी भइरहेको खुलेको छ।

जिल्लाको पश्चिम क्षेत्रमा काठ तस्करीको खबर पटकपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भए पनि त्यो कुनै खासै असर न पर्नुको मुख्य कारण सब डिभिजन बन कार्यलयका ठकुरापुरका प्रमुख रेन्जर गणेश पुरी रहेको तथ्य बाहिरीएको छ । बितेको साउन २२ गते लगभग ७ बजे कृष्णनगर १२ भदुइ गाउँको एउटा बारीमा १४ गोलिया सिसमको तस्करीका काठ रहेको जानकारी वन रेन्जर गणेश पुरीलाई गराइन्छ ।

त्यस पछि केही मिनेटमै काठ तस्करको फोन जानकारी गराउने ब्यक्तिलाई आउछ र बिन्ती गरिन्छ तपाई साइलेन्ट भइदिनु भनेर । फ़ेरि जानकारी गराउने ब्यक्ति बन रेन्जर पुरीलाई फोन बाट सोधे मेरो गोप्यनियता किन भङ्ग गर्नु भयो ? माल समातेर लागिए पुरै आरोप म माथि आए मेरो सुरक्षा कसले दिने ? प्रश्न गरे । तर पुरीले गैरजिम्मेवारीपूर्वक कुरा गरे र फोन काटिदिए। फेरि पछि राति लगभग १० बजे फोन सम्पर्क गर्दा फोन उठेन , फोन नउठेपछि अन्य स्रोतबाट खोज गर्दा सबैबाट सेटिङ भएकोले काठ न उठाउन रेन्जरको आदेश रहेको जानकारी आयो ।

sahani furniture udyog

बिहान काठ तस्करबाट यो बारेमा बुझ्दा काठ रातिमा छोडीएकोले सबैलाई धन्यवाद दिए भने ठकुरापुर बनजाच बाट बुझ्दा राति कहिँबाट काठ नल्याएको बताए तर रेन्जर पुरीबाट बुझ्दा फेरि धम्क्याएर झुठो बोल्दै रातिमा नै हामी काठ समातेको र बाटो बिग्रेको कारण उसैको काठ मीलमा जमानी कागजात गरेर राखेको बताए। रेन्जर पुरी पछि फेरि काठ कारोबारीबाट बुझ्दा काठ पुर्णतः मेरो सुरक्षित रहेको बनको कुनै कर्मचारी नआएको र वनकर्मचारीलाई मिलाएर नै काम भइरहेको जानकारी समेत गराए।

यसबाट स्पष्ट बुझिन्छ कि काठ तस्कर र रेन्जर गणेश पुरी बिच गहिरो सम्बन्ध छ । यदि कोही सुराकी गर्‍यो भने त्यो सुराकी सुरक्षित रहनेछैन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.