
बुटवल , साउन २९
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारको १ वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारको १ वर्ष पुरा भएको अवसरमा प्रदेश सरकारको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८।७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आये र ११०३ यूयस डलर राष्ट्रिय कुल ग्राहस्र्थमा १४.१ प्रतिशत योगदान रहेको बताउनुभयो । साथै उहाँले बजेट कार्यान्वयको सन्दर्भमा पुजिगत ७७.४७ प्रतिशत र चालुमा ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेको समेत बताएका छन् ।

यस्तो विचार प्रवक्ता तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकारले गरेका कार्यको ५२ बुदे कार्य प्रगति पत्रकार भेटघाटमा प्रस्तुत गरेका थिए । प्रबक्ता तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकारले प्रदेश बासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालीन गरेको बताएका छन् ।
नेपालमा संघीयता कसैको व्यक्तिगत चाहना र इच्छाले आएको भन्दा पनि ठूलो बलिदान र आन्दोलनबाट प्राप्त आएको संघीयतालाई कमजोर बनाउने गरी लागेको समेत बताए । उनले प्रदेश सरकारलाई कमजोर ठान्ने प्रवृतिका विरुद्धमा प्रदेश सरकार आन्दोलनमा जाने उद्घोष गरेका छन् । उनले “प्रदेश सरकारलाई कमजोर बनाउने गरी संघीय सरकार पनि लागेको छ, हामीले भर्खरै जग बसालेको प्रदेशले नै खर्च बढी गरेको छ, संघ भन्दा त प्रदेश नै काम काजी नै भएको छ ” बताए ।
कार्यक्रममा अर्थसचिव नेत्र प्रसाद सुवेदीले ४० अर्व ९५ करोडको बजेट आम्दानी ३७ अर्व ११ करोडको भएको बताएका थिए । आन्तरिक राजश्वको क्षेत्रमा आफ्नो प्रदेश सरकारको प्रशासनिक खर्च सञ्चालनका लागि नै धान्न कठिन भएकाले त्यसलाई प्रदेश मन्त्रालय हल गर्ने गरी अगािड बढाउने तयारी गरिरहेको समेत बताएका थिए ।
