लोसपा कपिलवस्तुले संघ र प्रदेशको उम्मेदवार सिफारिस गर्दै

0
Quantam abroad studies

कपिलवस्तु , भदौ २२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कपिलवस्तुले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन लागी उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

लोसपाको मंगलवार बसेको क्षेत्रीय बैठकले प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर १ मा लोसपा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष अकबाल अहमद शाह र समानुपातिक तर्फ नफीस जहाँ शाहको नाम सिफारिस गरेको छ ।

sahani furniture udyog

यस्तै बैठकले कपिलवस्तु क्षेत्र नम्बर १ `ख´ प्रदेश सभा प्रत्यक्षका लागी मधुसूदन शरण चौधरी र समानुपातिक तर्फ राम लखन प्रसाद धोबी, आशा चौधरी (थारु), उमेश प्रकाश यादव, ईनुष तेली मु, संगीता पासी, राम रक्षा पासी, बशिष्ठ शुक्ल, कल्लु कोरी को नाम सिफारिस गरेको लोसपा कपिलवस्तुले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.