पशुपतिनाथ नेपाली जनकल्याण समिति ब्याङलाेरले बृहत साँस्कृतिक कार्यक्रम गर्दै

0
Quantam abroad studies


उत्तमकुमार थापा
ब्याङलाेरमा पशुपतिनाथ नेपाली जनकल्याण समितिले बृहत साँस्कृतिक कार्यक्रम गर्दै छ ।

अक्टोबर ९ तारिख दशैकाे अवशरमा बृहत साँस्कृतिक कार्यक्रम सँगसँगै एक आपसमा टीका जमारा लगाएर नेपालीहरुले रमाइलो गर्ने भएको ब्याङराेल बाट सहकर्मी जनेश्वर जाेशीले बताए ।

sahani furniture udyog

भारतकाे बेङ्लोरमा स्थापना भएको सामाजिक सस्था प्रबासी नेपालीहरुको हक हित सुरक्षा ,बेङ्लोरमा कमिनिटी हल ,नेपाली मन्दिर निर्माण गर्न को निमित्त विशेष स्थापना भएको पशुपतिनाथ नेपाली जनकल्याण समितीले यसै अक्टोबर ९ तारिख आइतबार बेङ्लोर इन्द्रानगर नजिक तिपचन्द्र ग्राउन्डमा भब्य बृहत् सास्कृतिक कार्यक्रम साथै टीका जमरा कार्यक्रमको आयोजना गरियको उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा नेपाल बाट चर्चित लाेक तथा डेउडा गायिका रेखा जोशी इन्द्रेणी कार्यक्रममा चर्चित गायक लाइभ दोहोरी स्टार छत्र शाही काजल जोशीको दमदार प्रस्तुती रहने जनाएको हाे ।भने स्थानिय कलाकारको बेजोड प्रस्तुती सङ्गै देउडा खेल भब्यता का साथ हुन गैरहेको जनकल्याण समितिले बताएको हाे । कार्यक्रम इन्द्रा नगर निउ तिपचन्द्र,तिपचन्द्र ग्राउन्ड विहान ९ बजे देखि साँझ ५ बजे सम्म हुने छ । कार्यक्रममा मदिरा सेबन गरि कार्यक्रम को ग्राउन्ड मा प्रबेस निषेध गरियको छ । जो कोहि मदिरा सेबन गरि हो हल्ला गर्ने कार्यक्रम बिथोल्न प्रयास गर्ने लाई प्रशासनिक कानुन अनुसार कार्वाही गरिने नेपाली जनकल्याण समिति ब्याङलाेरले बताएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.