
बझाङ , कार्तिक १
बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सदरमुकाम चैनपुर बाट मष्टा गाँउपालिका को वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१– ००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो । जीप सडक बाट २ मिटर तल खसेर भीरमा अड्किएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन भएको छैन । ६ जनाको शव फेला परेको छ भने एक जना हराइरहेका छन् र कति जना घाईते भएका छन भन्ने यकिन भएको छैन । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउने काम भईरहेको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनु भयो ।
