बझाङ जिप दुर्घटनामा नेपाली सेनाले गर्याे उद्वार

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर १ मा भएको जिप दुर्घटनामा नेपाली सेनाले उद्वार गरेको छ ।

आज सदरमुकाम चैनपुर नजिकै रहेको डुग्री बाट मष्टा गाउँपालीका जादैगरेकाे जीव दुर्घटना भएको हाे । जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिप दुर्घटना भए पछि विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेक बाट सह सेनानी अनुप हमालकाे नेतृत्वमा १५ जना नेपाली सेना घटना स्थलमा गएर उद्वार गरेका हुन । नेपाली सेनासँगै नेपाल प्रहरीका डिएसपी जागेश्वर भण्डारीकाे नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल बझाङका डिएसपी नेत्र केशीकाे नेतृत्वमा सशस्त्र प्रहरी गरि सबै सुरक्षा निकाय उद्वारमा खटेकाे प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको हो । दुर्घटनामा परि मृत्युु हुनेमा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

sahani furniture udyog

दुर्घटनामा परि १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.