रामघाटमा छठ पुजाको लागी घाट ब्यवस्थापनमा तिब्रता

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक १२
तिहार लगत्तै तराई मधेसमा मनाइने ठुलो पुर्बको रुपमा छठ पुजा रहेको छ । यसै पुजाको लागी घाट ब्यवस्थापनमा तौलिहवाका युवा समाजसेवी र युवाहरू तिब्रता दिएका छन् ।

आइतबार देखी शुरु हुने छठ पुजाको लागी कपिलवस्तु नगरपालिका वडा नं. ३ मा तिलौराकोट दरबार क्षेत्र नजिकै बाणगंगाको खोलाको रामघाटमा घाट ब्यवस्थापन गरिदै छ । तौलिहवाको आनंदबाग निवासी सन्तोष गुप्ता स्थानीय युवाहरूलाइ साथा लिएर घाट ब्यवस्थापनमा सक्रिय देखिन्छन् ।

घाटको सरसफाइ संगै घाटको छेउ सम्म पार्ने लगायत काममा युवाहरू खटिएका छन् । घाट ब्यवस्थापन संगै श्रद्धालुहरुले पुजाको लागि बेदि बनाउन पनि शुरु गरेका छन् । घाटमा बनाइएको बेदिमा श्रद्धालुले फलफूल लगायत छठपुजामा लाग्ने बस्तु अर्पण गरि अस्थाउदो र उदाउँदो सुर्यलाइ अर्घ दिइने छ । सुर्यलाइ अर्घ चढाउनु यस पुजाको मुख्य कार्य हुने श्रद्धालुले बताउछन् ।

sahani furniture udyog

यसैगरी समाजसेवी संतोष गुप्ताले बिगत एक दशकमा छठ पुजामा श्रद्धालुको सहभागीता र अर्घ दिनेको संख्यामा वृद्धि भएको बताउँछन् । उहाँले स्थानीय युवाहरू संग मिलेर आफुहरु एक हप्ता देखि घाट ब्यवस्थापनमा लागेको बताउछन् । उहाँले घाट वरिपरि सरसफाइ , माटो सम्म पार्ने काम सम्पन्न भैसकेको बताए । उहाँले आइतबार दिनभरि घाटमा आउने बाटो र घाट वरिपरि बत्तीको ब्यवस्थापन गर्ने र सझ ४ बजेपछि श्रद्धालुको आउने क्रम जारी रहने बताउँछन् ।

छठ पुजामा अस्ताउदो सुर्यलाइ अर्घ दिएपछि अधिकांस श्रद्धालुहरु रातभरि घाटमै बस्ने गर्छन् । घाटमै अधिकांस श्रद्धालुहरु भजम कृतन गर्दै रात बिताउने गर्छन् । आइतबार अस्ताउदो सुर्यलाइ अर्घ दिएपछि सोमबार बिहान उदाउँदो सुर्यलाइ अर्घ दिइ पुजा गरिने गरिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.