
तौलिहवा , पुस ५
नेपालमा चालिरहेका १९ बिमा कम्पनी हरु मध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि० पनि एक हो। सबै कम्पनीहरु मा फरक फरक सुबिधाहरु रहेता पनि ३५ प्रकारका घातक रोग बिरुद्ध रु ५० हजार देखि ५०लाख सम्म उपचार खर्च दिने ज्योति लाइफ पहिलो कम्पनी हो ।
उपचार खर्च बापत ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि० उप शाखा तौलिहवाबाट कपिलवस्तु नगरपालिका १२ अकबर पुर बस्ने राधेश्याम मल्लाहले एक बर्ष आगाडि यश कम्पनीमा पोलिसी खरीद गर्नु भएको थियो । तर एक बर्ष नबित्दै उहाँको किडनीमा समस्य देखा परेपछि उहाँले डाक्टर सित चेकजाँच गराई रिपोर्ट कम्पनीमा बुझाउनु भयो र कम्पनीले अाफनो बाचा अनुसार उहाँलाई बिमाङ्क बराबरको रकम १३३१८०.८१ रुपैया उपचार गराउनको लागि दिइएको छ । उहाँलाइ घरमै सो रकमको चेक हस्तान्तरण गरिएको उपशाखा प्रमुख गंगाराम प्रसाद तेलीले बताउनुभयो ।

सो रकम पाउन साथ मल्लहका परिवारले ज्योति लाईफलाइ धन्यवाद दिदै ” हामी सबैलाई बिमा गर्न पर्छ ” भनी बताउनुभयो। तौलिहवा उपशाखा प्रमुख तेलिले राधेश्याम मल्लाह एक गरीब किसान मजदुर भएर पनि ज्योति लाइफ इन्स्योरेन्सको पोलिसी खरीद गर्नु भएको र सोही बापत हाम्रो कम्पनी ले गरेको सम्झौता अनुसार उहाँलाई बिमाङ्क बराबरको रकम कम्पनीले दिइएको बताउनुभयो ।
