
दोरेन्द्र खड्का , बझङ्
चैनपुर ताक्लाकोट सडकखण्डको आज अनुगमन गरीएको छ । आज प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशीको नेतृत्वमा गएको टोलीले चैनपुर ताक्लाकोट सडक खण्डको अनुगमन तथा निरीक्षण गरेको हो ।
उक्त अनुगमन टोलिमा प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशी ,जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजाल, तल्कोट गाउपालिका अध्यक्ष कलक बहादुर बोहरा , प्रमुख प्रसासकिय अधिकृत सिद्धराज भण्डारी ,नेकपा एकिकृत समाज बादिका बझाङ जिल्ला सहइन्चार्ज बिरेन्द्र भण्डारी टाइगर, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे , चैन्पुर ताक्लाकोट सडक खण्डका डिइ तुलाराम सर्मा , स्थानीय लगाएका उपस्थिती रहेको थियो ।
सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस क्षेत्रकै गौरवको योजना सेती लोकमार्ग अन्र्तरगत चैनपुर ¬ताक्लाकोट सडक खण्डको निर्माणको काम सुस्त गतिमा भईरहेको छ । सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भईरहेको यो सडक छिटो छरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाहरुको चाहनाभएपनि सडक निर्माणको ठेक्कालिएका निर्माण कम्पनीहरुको लापरर्बाहीका कारण काम ढिला भएको स्थानीयहरुले बताएका छन् । रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त देखिएको छ । रुपातोलाबाट धुली सम्म नागार्जुन निर्माण सेवाले २०७४ सालमा काम सुरु गरेको थियो


हाल सम्म तेसो्र पटक म्याद थप गर्दा पनि ७० प्रतिशत काम सकिएको र बाकी ३० प्रतिशत काम गर्न अझै बाँकि रहेको डिइ तुलाराम सर्माले बताउनुभयो । २०८० असाढ ३० सम्म काम सक्ने गरीठेकेदारले फेरी म्याद थप गरीएको जनाएको छ । यस्तै अनुगमनको क्रममा प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशी, नगरप्रमुख चेतराज बाजाल प्रमुख जिलला अधिकारी लगाएत अनुगनमा जानुभएका बिभिन्न व्यक्तिहरुले कामलाइ छिटो छरीतो अगाढि बढाउन निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा ठेकादारको चरम लापरबाही देखीएको छ ।
हाल सम्म चैनपुर बाट ३६ किलोमीटर सम्म सडक ट्र्याक खोल्ने काम भएको छ । यो बर्ष भनने बिभिन्न कारणले काम नै सुरु हुन सकेको छैन । आज अनुगमनका क्रममा आगामि आर्थिक बर्ष सम्म भोपुर देखी १८ किलोमिटर पक्कि सडक निर्माण गर्न टेन्डर गर्ने भन्ने डिइ सर्मा र प्रतिनिधि सभा सदस्य जोशी बिच प्रतिबद्धता गरीएको छ ।
