नगर प्रमुख शाहद्वारा नवनिर्मित भवन समुदघाटन।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता
कपिलवस्तु – मदरसा उसमान बिन अफ्फान भिल्मी नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । मदरसा उसमान बिन अफ्फानका व्यवस्थापक समितिका अध्यक्ष अब्दुल रकीबकाे अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यतामा बिद्यालयको हाता भित्र आज भएको एक कार्यक्रमका बिच कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह र उप प्रमुख आरती चौधरीले संयुक्त रूपमा उक्त भवनको समुदघाटन गर्नु भएको हो ।

sahani furniture udyog


उदघाटन गर्दै नगर प्रमुख शाहले शिक्षा अहिलेको आधारभूत आवश्यकता रहेकोले हरेक नागरिक शिक्षित हुनु पर्नेमा जोड दिएका छन् । नगरप्रमुख शाहले नगरभित्रका हरेक नागरिकलाई शिक्षित र साक्षर बनाउन आफु प्रतिबद्ध रहेको बताए । शिक्षाको गुणस्तर बढाउन आफुहरुले योजना बनाएर जाने नगर प्रमुख शाहले जोड़ दिनुभयो।

उद्घाटन समारोहमा उप मेयर प्रतिनिधि भरत किशोर चौधरी , मौलाना जैस मक्की, वार्ड अध्यक्ष जावेद आलम ,मौलाना जाहिर मुसलमान लगाएतले मन्तब्य राखेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.