ईप्रका कृष्णनगर द्वारा लागु औषध सहित दुई जना पक्राउ

0
Quantam abroad studies

 कपिलवस्तु ।   ईप्रका कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेट बाट दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ। जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङलाई देखि निजहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.