७ बुदे माग गर्दै अखिल नेपाल पिछडाबर्ग महासंघ द्वारा प्रधानमन्त्रीलाइ ज्ञापन

0
Quantam abroad studies

बिजय पौडेल
कपिलवस्तु , असार १२
जिल्ला सदरमुकाम तौलिहवाम अखिल नेपाल पिछडाबर्ग महासंघको केन्द्रिय उपाध्यक्षको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाइएको छ ।

संघीय र प्रदेश निजामती एनमा पिछडाबर्गको आरक्षण कायम गर्नु पर्ने , राष्ट्रिय समाबेशि आयोगको प्रतिबेदन लागु गर्नु पर्ने , पिछडाबर्गमा पर्ने जातिहरु सुचिकृत गर्नुपर्ने , संघमा पिछडाबर्गको समुदाय उत्थान समिती गठन गर्नु पर्ने लगायत ७ बुदे माग गरिएको ज्ञापन पत्र महासंघका केन्द्रिय उपाध्यक्ष बिनोद चौधरी नेतृत्वको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाइ बुझाएका थिए । सो ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ पौडेलले यथाशीघ्र ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भएको थियो ।

sahani furniture udyog

ज्ञापन पत्र बुझाउन चौधरी नेतृत्वको टोलिमा महासंघका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज शम्भु शरन बनिया , केन्द्रिय सदस्य राजेन्द्र प्रसाद मौर्य , जिल्ला अध्यक्ष सन्तोष मल्लाह , जिल्ला सचीव बेल्सास सिंह लगायत उपस्थित रहेका थिए ।

ज्ञापन पत्र बुझाए पछि संचारकर्मिलाइ प्रतिक्रिया दिदै उपाध्यक्ष चौधरीले पिछाडाबर्गको हकहितका निमित्त आफुहरु संघर्स गरिरहने र माग पुरा नभए आवस्यक परे आन्दोलनको बाटो समेत रोज्न बध्य हुने बताएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.