शान्ति सुरक्षा कायम राख्न आम नागरिक र पत्रकारले केहि सूचना भए दिनुस् यथाशीघ्र कारबाही गर्छु – उपरीक्षक पौडेल

0
Quantam abroad studies

कपिलवस्तु , भदौ २४
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार र हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक नवरत्न पौडेल बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपरीक्षक पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै सम्झौता नगर्ने बताएका छन्।

हालै सरुवा भई आएका प्रहरी उपरीक्षक पौडेलले अपराध नियन्त्रण गर्न सबैको सहयोग चाहिने बताउदै पत्रकार लगायत सबैले कुनै विषयको सूचना भए आफुहरुलाइ उपलब्ध गराए यथाशीघ्र कारबाही प्रक्रिया अगाडी बढाइ सम्भावित हुने घटनालाइ रोक्न सकिने बताएका छन् । पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा उनले चाडपर्व नजिकिदै गर्दा कपिलवस्तु जिल्लामा कुनै किसिमको समाजिक सदभावा बिगार्ने काम नहोस् भन्नेमा आफ्नो विशेष ध्यान रहेको बताएका छन् ।

यस्तै पत्रकारहरुले आफ्नो सुरक्षा बारे कुरा राख्दा उनले पत्रकारहरूको सुरक्षामा आफूहरू संवेदनशील रहेको भन्दै पत्रकारहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए। उनले पत्रकार सादा पोशाकको प्रहरीको रुपमा रहेको हुँदा भएका सूचना आफुलाइ उपलब्ध गराइ दुबै पक्ष समन्वय गरि अगाडी बढे जनताको शान्ति सुरक्षामा कुनै किसिमको असर नपर्ने समेत बताए।

sahani furniture udyog

उनले लागु औषध तस्करी नियन्त्रण गर्दै मुख्य नाइके पक्राउ गर्ने , खुल्ला सीमाले हुने अपराध , समाजिक सदभाव बनाइ राख्ने लगायतका क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहने बताए। सो अवसरमा पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष किरणमान बज्राचार्य , सचीव जानु पाण्डे , निबर्तमान अध्यक्ष डिलाराम भुसाल , संचारकर्मि नारद कोहार , अजय सहानीले प्रहरी र पत्रकारहरु समन्वय गरेर अघि बढ्नु पर्ने बताए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, जिल्लाका डेढ दर्जन बढी पत्रकार लगायतको सहभागिता थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.