
प्रभुनाथ गुप्ता , कपिलवस्तु
देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको आफुले उच्च सम्मान गर्ने गरेको कपिलवस्तु प्रहरी प्रमुखको नवरत्न पौडेलले बताउनुभयो ।
हालै कपिलवस्तुको प्रहरी उपरीक्षक भइ आउनु भएका पौडेलले खुला सिमा लगायतले गर्दा कपिलवस्तुमा हुने चोरी तस्करी , अबैध ब्यापार , लागू औषध दुर्ब्यसनी जस्ता समस्याको बारेमा जानकार छु । जातिय , भाषिक तथा धार्मिक बिबिधताका कारण अन्य जिल्ला भन्दा कपिलवस्तु भिन्न रहेको समेत पौडेलले बताउनुभयो । पौडेलले सम्पुर्ण सरोकार वाला संघ , सस्था , निकाय सङ्ग समन्वय र सहकार्य गरि शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको र यहाँका जनता सङ्गै ब्याबसायीको धन सम्पती ब्याबसायको सुरक्षा मेरो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
उद्योग ब्यापार संघ , कपिलवस्तुले जिल्लामा भर्खरै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक नबरत्न पौडेलको स्वागत , सम्मान तथा परिचयात्मक कार्यक्रममा बोल्दै उपरीक्षक पौडेलले यहाँहरुको यो न्यानो माया र आत्मियताले मलाइ थप जिम्मेवार र गौरवको अनुभूति भएको बताउनुभयो । तपाइहरुको म प्रतिको बिस्वासलाई पूरा गर्न प्रतिबद्ध रहेको र तपाइँहरु बिना बर्दीको पुलिस हो भएको पौडेलले बताउनुभयो।


उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले संघको विषयमा जानकारी गराउदै उपरीक्षक पौडेलको कपिलवस्तु बसाइ सुखद , स्मरणीय एबम सफल रहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले हरेक आबस्यक स्थानमा सत्यको पक्षमा हामी सदैब तपाईंको साथमा हुनेछौ , पुर्ण साथ सहयोग र सहकार्यको प्रतिबद्धता ब्यक्त गर्दछौ भनी बताउनुभयो । उहाँले आगामी मंसिर ०५ देखि १६ गतेसम्म संचालन हुने प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि , पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८० को लागि पुर्ण साथ सहयोगको अपेक्षा रहेको समेत बताउनुभयो ।
उक्त स्वागत संमान एबम परिचयात्मक कार्यक्रम मा उद्योग ब्यापार संघ कपिलवस्तु का संरक्षक टोपनारायण बेल्बासे , निबर्तमान अध्यक्ष हुमनाथ पौडेलले स्वागत गर्दै कपिलवस्तुका ब्यवसायीले भोगिरहेका समस्या लागुऔषध दुर्ब्यसनी , धार्मिक , भाषिक तथा साम्प्रदायिक बिबिधताको विषय जानकारी गराउनु भएको थियो ।
उक्त स्वागत सम्मान तथा परिचयात्मक कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका पदाधिकारी , सदस्यहरु , सल्लाहकार लगायत संस्थामा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
