
निरहु यादव , कार्तिक ३
कपिलवस्तु मर्यादपुर स्थित नेपाल–भारत सिमा नाकाबाट भन्सार छलेर अबैध सामान भित्रिने क्रम बढेको छ। सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीकै मिलेमतोमा भारतको खुनुवा बाट तस्करले खुलेआम विभिन्न सामान अबैध रुपमा तौलिहवा लगायत अन्य बजारमा समेत पुर्याउने गरेका हुन्।
सुरक्षाकर्मीको संरक्षणमा तस्करहरुले मुख्य नाका मर्यादपुर र आसपासमा रहेका अन्य अबैध नाकाबाट दिनहुँजसो सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन्। भारतीय बजार खुनुवाबाट ,, मोटरसाईकल, स्कुटर, साईकल प्रयोग गरी तस्करले लत्ता कपडा,मटर केराउ , खाद्यान्न र मोटर पार्ट्स र हार्डवेयरका सामान भन्सार छलेर भित्र्याउने गरेका हुन्।


मर्यादपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमा सुरक्षा र भन्सार सुरक्षा गस्तीको काम गर्दै आएका छन्। मर्यादपुर कटाए पछि सदरमुकाम तौलिहवा पर्छ जहाँ जिल्ला प्रहरीका उच्च पदाधिकारीको कार्यलय पर्छ । खुनुवा बजार आवतजावत गर्दा सर्बसाधारणलाई दैनिक पुर्ण चेकजाँच गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट आसपासकै क्षेत्रबाट तस्करको जादा नहेर्ने जस्तो गर्ने र भन्सार छलेर सामान तस्करी हुनु प्रहरीको काम कर्तब्यप्रति जनताको बिश्वास घटदै गइरहेको छ । मर्यादपुर प्रहरी चौकीमा पुरानो प्रहरी र घुमुवाको रूपमा खटेका प्रहरी जवान संजय गोसाइँ मार्फत सबै तस्करसँग सेटिङ मिलाएको प्रत्यक्षदर्शीको आरोप छ। । तस्करीमा संलग्न ब्यक्तिले मासिक रुपमा पैसा बुझाउँछन्, उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्टाफ बाटै संरक्षण दिइरहेका छन्,’ एक स्थानीयले नाम नबाउने र्शतमा भने।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरीक्षक एवं प्रमुख नवरत्न पौडेल र सशस्त्र प्रहरी बल गण नम्बर २८ प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले यो बिषयमा केही प्रतिक्रिया दिन चाहेनन् ।
